जर्मनीको ह्याम्बर्गको एक चर्चमा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको खबर सार्वजनिक भएको छ । यस गोलीबारीमा ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार आक्रमणकारीको बारेमा अहिलेसम्म यकिन जानकारी प्राप्त भएको छैन ।
यस सम्बन्धमा ह्याम्बर्ग प्रहरीले यस गोलीबारीमा धेरै व्यक्ति गम्भीर घाइते भएको ट्वीट गरेको छ । यस सम्बन्धमा प्रहरी प्रवक्ताले भने कि बिहीबार राति करिब ९ बजे आक्रमणकारीले चर्चमा रहेका मानिसहरुमाथि गोली चलाएको थियो । तर, आक्रमणकारी एकजना थिए वा एकभन्दा बढी थिए भन्ने खुल्न सकेको छैन । यस सम्बन्धमा सीसीटीभी स्क्यान गरी घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।