You are currently viewing आरआरआरको रिलिजको पहिलो दिनमै तोड्यो ‘बाहुबली २’ को रेकर्ड

आरआरआरको रिलिजको पहिलो दिनमै तोड्यो ‘बाहुबली २’ को रेकर्ड

नेभा, १३ चैत्र,

जुनियर एनटीआर र रामचरण स्टारर र एसएस राजामौली निर्देशित, ‘आरआरआर’ अन्ततः रिलिज भएको छ । फिल्म रिलिजसँगै चर्चामा आउन थालेको छ । आलिया भट्ट र अजय देवगनको बहुप्रतिक्षित फिल्मले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाएको छ । भारतमा हिन्दी दर्शकमाझ फिल्मले पहिलो दिन १८ करोड रुपैयाँ कलेक्सन गरे पनि आरआरआरले विभिन्न भाषामा उत्कृष्ट व्यापार गरेको छ ।

ट्रेड एनालिस्ट मनोबाला विजय बालनका अनुसार फिल्मको पहिलो दिनको कमाई २५७.१५ करोड रहेको छ । उनले यस फिल्मको कलेक्शनको विवरण पनि ट्विटरमा दिएका छन् ।

योसँगै फिल्मले अष्ट्रेलिया र न्युजिल्याण्डमा पनि राम्रो व्यापार गरिरहेको छ । फिल्मले बेलायतमा २.४० करोड कमाएको छ । यसरी फिल्मको कलेक्शनले एसएस राजामौलीले निर्देशन गरेको उनको अघिल्लो फिल्म ‘बाहुबली २’ को वर्ल्ड वाइड रेकर्ड तोडेको छ ।

Leave a Reply