बलिउड स्टार अक्षय कुमार र टाइगर श्राफले आफ्नो आगामी एक्सन–इन्टरटेनर फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को सुटिङ सुरु गरेका छन् । निर्माता वासु भगनानीले पनि इन्स्टाग्राममा तस्बिर पोस्ट गर्दै क्याप्शन लेखेका छन्, “२५ वर्षपछि हामी हाम्रो सबैभन्दा सफल फ्रन्चाइजी ‘बडे मियाँ छोटे मियाँ’ लिएर फर्कन तयार छौं ।”
फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा टाइगर श्राफ र दिग्गज अभिनेता अक्षय कुमारको मुख्य भूमिका रहेको छ । दुवै कलाकारको यो फिल्म लामो समयदेखि चर्चामा थियो । तर, यो फिल्मको सुटिङ कहिलेबाट सुरु हुन्छ भन्नेमा अन्योल थियो । यस्तो अवस्थामा अब टाइगर श्राफ आफैले शनिबार यो फिल्मको सुटिङ सुरु भएको बताएका छन् ।
टाइगर श्राफले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा मुहुर्तका धेरै तस्विरहरु सेयर गरेका छन् । यी तस्विरमा उनीसँगै अक्षय कुमार पनि देखिएका छन् । तस्बिरसँगै अभिनेताले फिल्मको बारेमा विशेष जानकारी दिएका छन् । अक्षय कुमारलाई ‘एल्डर’ भन्दै टाइगर श्राफले क्याप्सनमा लेखेका छन्, ‘एल्डर, तिमीलाई लन्च भएको वर्षमै म जन्मिएको हुन सक्छु, तर म विश्वस्त छु कि तिमी अझै पनि मभन्दा माथि उफ्रन सक्छौ र सबैभन्दा ठूलो मध्येको एकको यात्रा आजबाट एक्सन सिन सुरु हुँदैछ ।