You are currently viewing नाइजेरियामा भयानक सडक दुर्घटना, तीन बस एकापसमा ठोक्किएर ३७ जनाको मृत्यु

नाइजेरियामा भयानक सडक दुर्घटना, तीन बस एकापसमा ठोक्किएर ३७ जनाको मृत्यु

नेभा, ८ मार्ग,

नाइजेरियाको मैदुगुरीमा तीनवटा बस एक आपसमा ठोक्किएका छन् । जसका कारण ३७ जनाको मृत्यु भएको छ । बोर्नो राज्यको सडक सुरक्षा एजेन्सीका प्रमुख उताने बोईले दुई वाणिज्य बस आपसमा ठोक्किएको बताए । जसका कारण उनीहरुमा आगो लागेको हो । यसैबीच तेस्रो बस पनि आएर ती दुवै बससँग ठोक्कियो ।

हालसम्म ३७ जनाको मृत्यु भएको बोईले बताए । धेरै शव पूर्ण रूपमा जलेकाले चिन्न नसकिने अवस्थामा छन् । बोर्नो राज्यको राजधानी मैदुगुरीबाट करिब ३५ किलोमिटर टाढा जकाना गाउँ नजिकै उक्त दुर्घटना भएको हो । बसको टायर अचानक फुटेर अर्को दिशाबाट आउँदै गरेको बससँग ठोक्किएर दुर्घटना भएको हो ।

फेडरल रोड सेफ्टी कोर्प्स सेक्टर कमाण्डरले पत्रकारहरुलाई भने कि तीव्र गतिका कारण दुर्घटना भएको हो । “त्यसपछि ती मध्ये एउटा बसले नियन्त्रण गुमायो र त्यो आफ्नो मार्गबाट ​​हटेर अर्को बसमा ठोक्कियो ।” प्रशासनको निरीक्षणमा बुधबार २३ नोभेम्बरशवको सामूहिक दाहसंस्कार गरिएको छ ।

Leave a Reply