You are currently viewing टर्कीको इस्तानबुलमा भएको भीषण विस्फोटमा ६ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते

टर्कीको इस्तानबुलमा भएको भीषण विस्फोटमा ६ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते

नेभा, २८ कार्तिक,

टर्कीको इस्तानबुलमा आइतबार मानिसहरुले खचाखच भरिएको सडकमा ठूलो विष्फोट भएको छ । अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् । विष्फोटमा धेरैको ज्यान गएको पनि आशंका गरिएको छ । यो जानकारी स्थानीय सञ्चारमाध्यममा दिइएको छ । सो घटनाको भिडियो सामाजिक सञ्जालमा पनि शेयर गरिएको छ, जसमा विस्फोटका क्रममा धेरै मानिसहरु भुइँमा लडेको देखिन्छ । भिडियोमा एम्बुलेन्स र प्रहरी घटनास्थलमा पुगेको देखिन्छ ।

एएफपी समाचार एजेन्सीका अनुसार इस्तानबुलका गभर्नरले ट्विट गर्दै सहरको केन्द्रमा भएको विष्फोटमा धेरैको मृत्यु भएको र धेरै घाइते भएको बताएका छन् । राष्ट्रपति रेसेप तैयप एर्दोगानले विस्फोटलाई “आक्रमण” भनेका छन् । घटनामा ६ जनाको मृत्यु भएको र ५३ जना घाइते भएको पनि जानकारी दिइएको छ ।

टर्कीका सञ्चारमाध्यमका अनुसार विष्फोट अपरान्हको समयमा भएको थियो । विस्फोटको समयमा अनलाइन पोस्ट गरिएको भिडियोमा भीडभाड भएको सडकमा फायरबल देख्न सकिन्छ । जसलाई देखेर पैदल यात्रु एक्कासी बाटोमा हिड्दा धेरै मानिसहरु डराएर भागेको देखिन्छ ।

Leave a Reply