पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि आज स्वतन्त्रता मार्चका क्रममा आक्रमण भएको छ । यस आक्रमणमा इमरान खानको खुट्टामा गोली लागेको छ । इमरान खानलाई निशाना बनाउँदै गोली चलाउने प्रयास गरेको बताइएको छ, तर त्यही समयमा इमरानका समर्थकले आक्रमणकारीलाई देखेर हात समातेको थियो जसका कारण इमरान खानको मात्र खुट्टामा गोली लागेको छ ।
रिपोर्टका अनुसार इमरानको दुवै खुट्टामा गोली लागेको छ । यस आक्रमणमा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
इमरान खानमाथि भएको हत्यारा हमलाको भिडियो सार्वजनिक भएको छ । सडकमा उभिएका आक्रमणकारीले इमरान खान उभिएको कन्टेनरलाई निशाना बनाएर गोली चलाएको थियो, तर त्यही क्रममा पछाडिबाट एक व्यक्तिले बन्दुकधारीको हात समात्यो । त्यसपछि आक्रमणकारीले आफ्नो हात छोडाएर त्यहाँबाट भाग्न थाल्यो । यसै क्रममा आक्रमणकारीले लक्ष्य गुमाए र गोली इमरानको दुवै खुट्टामा लागेको थियो ।