You are currently viewing पाकिस्तानमा फेरि अर्को क्रिस्चियनको हत्या

पाकिस्तानमा फेरि अर्को क्रिस्चियनको हत्या

नेभा, ४ फाल्गुण,

पाकिस्तानको पञ्जाब प्रान्तमा चर्को स्वरमा सङ्गीत बजाएको भन्दै झगडा हुँदा एक इसाई व्यक्तिको हत्या भएको छ ।

मुस्लिम र क्रिस्चियन छिमेकीबीचको झडपमा एक क्रिस्चियन व्यक्ति पनि घाइते भएको समाचारमा जनाइएको छ । विगत दुई महिनामा पञ्जाब प्रान्तमा भीड लिन्चिङका घटनाहरू भएका छन् । एक वरिष्ठ प्रहरी अधिकारीले मंगलबार लाहोरको फ्याक्ट्री क्षेत्र वाल्टनमा मुस्लिम र ईसाई समुदायबीच झडप भएको बताए ।

परवेज मसिह ले आफ्नो छिमेकी सोहनी मलिकलाई चर्को स्वरमा संगीत नबजाउन आग्रह गरेपछि विवाद भयो ।

अधिकारीका अनुसार “आइतबार साँझ, मलिक समूहका सदस्यहरूले यस मुद्दामा परवेजका नातेदार सोबललाई कुटपिट गरी घाइते बनाए, जसले क्षेत्रमा दुई समूहबीच तनाव उत्पन्न भयो”  सोमबार मलिकले केही व्यक्तिसँग मिलेर परवेज मसिहमाथि इँटा र लाठी प्रहार गर्दा मसिहको घटनास्थलमै मृत्यु भएको थियो ।

Leave a Reply