You are currently viewing ‘शक्तिमान’ ठूलो पर्दामा आउँदै, सुपरहिरो फिल्मको पहिलो झलक सार्वजनिक

‘शक्तिमान’ ठूलो पर्दामा आउँदै, सुपरहिरो फिल्मको पहिलो झलक सार्वजनिक

नेभा, २८ माघ,

९० को दशकमा इंडियाको पहिलो सुपरहिरो ‘शक्तिमान’ बनेर बालबालिकादेखि वृद्धवृद्धासम्म लोकप्रिय बनेको यो सिरियल अब ठूलो पर्दामा आउने तयारीमा छ । फिल्म समीक्षक तरण आदर्शले इन्स्टाग्राममा एक पोस्ट गर्दै यो जानकारी दिएका हुन् । सोनी पिक्चर्सले अभिनेता मुकेश खन्नासँग मिलेर यो प्रोजेक्टमा काम गरिरहेका छन ।

चलचित्र शक्तिमानको पहिलो झलक पनि बाहिर आएको छ, जुन निकै आकर्षक देखिन्छ । तर, अहिलेसम्म शक्तिमान को बन्ने भन्ने कुरा बाहिर आएको छैन । सोनी पिक्चर्सले भने कि हामी ब्रुइङ थॉट्स प्रालि र मुकेश खन्नाको भीष्म इन्टरनेशनलसँग शक्तिमान फिल्मको लागि तयारी गर्न पाउँदा उत्साहित छौं, थप विवरण चाँडै आउँदैछ ।

प्रसिद्ध टिभी कार्यक्रम डीडी नेशनलमा सन् १९९७ देखि २००० सम्म चलेको थियो । यसमा अभिनेता मुकेश खन्नालाई टाइटलर सुपरहिरोको रूपमा र पंडित गंगाधर विद्याधर मायाधर ओमकारनाथ शास्त्रीजीलाई एक पत्रिकामा फोटोग्राफरको रूपमा चित्रित गरिएको थियो ।

Leave a Reply