२०१९ को मिस युएसए चेस्ली क्रिस्टको आइतबार निधन भएको छ । न्यूयोर्क शहरको ६० तले भवनबाट खसेर ३० वर्षीय चेस्ली क्रिस्टको मृत्यु भएको हो । चेस्लीको आकस्मिक निधनले सबै स्तब्ध भएका छन् ।
यसैबीच, मिस युनिभर्स २०२१ को उपाधि जित्ने हरनाज सन्धुले पनि चेस्लीको मृत्युमा भावुक नोट लेखेकि छिन् । उनले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै चेस्लीप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।
चेस्ली क्रिस्टसँगको तस्बिर सेयर गर्दै हरनाज कौर सन्धुले उनलाई श्रद्धाञ्जली दिएकी छिन् । यो तस्विर शेयर गर्दै उनले लेखेकि छिन्, ‘यो खबर हृदयविदारक र अविश्वसनीय छ । तपाईं सधैं धेरैको लागि प्रेरणा बन्नुहुनेछ । यो नोटसँगै उनले मुटु तोड्ने इमोजी पनि सेयर गरेकि छिन् ।
ब्यूटी क्विन, चेस्ले क्रिस्ट जनवरी ३० मा बिहान ७ बजे न्यूयोर्कको ६० तले भवनबाट खसे जसपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । भवनको नवौं तल्लामा बस्ने चेस्ली क्रिस्टको मृत्यु आत्महत्या भएको NYPD को प्रवक्ताले बताए । यद्यपी उनको मृत्युको यकिन कारण भने चिकित्सकहरुले खुलाएका छैनन् ।