You are currently viewing नेबिसँघ द्वारा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा सय बढीले गरे जीवनदान

नेबिसँघ द्वारा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा सय बढीले गरे जीवनदान

बीरगञ्ज, अषाढ ६,

विश्वव्यापिरुपमा फैलिएको कोरोना महामारीको बीच रगतको अभावले कुनै व्यक्तिको ज्यान गुमाउन नपरोस् भनी नेपाल विद्यार्थी सँघ (नेवि सँघ), जिल्ला कार्यसमिती पर्साले शनिबार आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरी एक सय एक जना व्यक्तिहरुबाट रगत सङ्कलन गर्न सफल भएको छ ।

उक्त रक्तदान कार्यक्रम बीरगञ्जको पिप्रा वडा नं. १४ मा नेवि सँघ पर्साका कार्यबाहक अध्यक्ष बिकेश पटेलको अध्यक्षतामा आयोजित गरिएको थियो जसमा प्रमुख आतिथ्य नेपाली काँग्रेसका जिल्ला सभापति अजय दुवेदी तथा विशिष्ठ आतिथिको रुपमा नेपाली काँग्रेसका जिल्ला सचिव श्याम पटेल, नगर कार्य समिति सदस्य अरविन्द गुप्ता, जिल्ला सदस्य रोशन लामिछाने, रामबाबु पटेल, किशान सँघका केन्द्रिय सदस्य बिरेन्द्र यादव, रामनारायण कुर्मी, नेवि सँघका जिल्ला उपाध्यक्ष सञ्जिव मिश्रा, नेवि सँघका पूर्व केन्द्रिय कोषाअध्यक्ष बैकुण्ठ श्रीवास्तव, केन्द्रिय सदस्य सुधिर पटेल, बद्रि नारायण तिवारी, ठाकुरराम बहुमुखि क्याम्पसका इकाइ अध्यक्ष अजय कर्ण, नेवि सँघका नगर अध्यक्ष विवेक गुप्ता, सुमिर पाण्डे, मन्जिव मिश्रा लगायत अन्य विद्यार्थि नेताहरुको उपस्थिती थियो ।

ब्लड बैंकको तर्फबाट सुजित पटेल र विरेन्द्र झाको उपस्थितिमा गरिएको उक्त रक्तदान कार्यक्रममा रगत दान गर्ने सम्पूर्ण व्यक्तिहरुलाई नेपाली काँग्रेसका पार्टि अध्यक्ष अजय दुवेदीले सधन्यवाद प्रमाणपत्र वितरण गर्नु भएको कुरा सुधिर पटेलले जानकारी गराएका छन् ।

Leave a Reply