विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, कलैया र प्रहरी चौकी बरियारपुर बाराबाट खटिएको प्रहरी टोलिले तीनजनालाई असार २९ गते नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरु बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ११ मधुरीजब्दी बस्ने अन्दाजी ५४ वर्षको रमजान अंसारी, सोहि ठाउँमा बस्ने २५ वर्षीय सुलतान अंसारी र सोहि ठाउँको ४५ वर्षको राम कृपाल साह रहेका छन् ।
निजहरुले आँपको बगैचामा खाल्टो खनी जमिन मुनि लुकाई छिपाई राखेको अबैध कटुवा पेस्तोल १ थान बरामद भएको कुरा प्रहरीले जनाएको छ ।
उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैयाबाट दिन ७ म्याद थप भई थप अनुसन्धान भइरहेको कुरा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जनाएका छन् ।