You are currently viewing रथ यात्राको दिन वीरगंज महानगर भित्रको सबै शैक्षिक संस्थाहरु बन्द रहने

रथ यात्राको दिन वीरगंज महानगर भित्रको सबै शैक्षिक संस्थाहरु बन्द रहने

नेभा, पर्सा, १८ असार,

वीरगंज महानगरपालिकाको नगर प्रमुख ज्युको अध्यक्षतामा असार १६ गते बसेको बैठकको निर्णय अनुसार असार २३ गते आइतवारको दिन वीरगंज महानगरपालिका भित्रको सबै शैक्षिक संस्थाहरु बन्द गर्न गराउन अनुरोध गरेको छ ।

असार २३ गते आइतवारको दिन ऐतिहासिक गहवामाईको भव्य रथ यात्रा निस्किने छ । उक्त रथ यात्रामा बढी भक्तजनहरुको सहभागिता गराउनको लागि सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय भएको हो ।

असार १७ गतको जारी विज्ञप्ती अनुसार पूर्व निर्धारित छात्रवृत्ति वितरण कार्यक्रम असार २४ गतेको सबै विद्यालयहरुले अभियानकै रुपमा छात्रवृत्ति वितरण गर्नगराउन समेत अनुरोध गरीएको कुरा वीरगंज महानगरपालिका शिक्षा इकाईका प्रमुख प्रशासकीय अधिकृतले जनाएका छन् ।

Leave a Reply