You are currently viewing ३५ हजार बराबरको मिट मसला लगायतका समानहरु नियन्त्रणमा

३५ हजार बराबरको मिट मसला लगायतका समानहरु नियन्त्रणमा

नेभा, ४ बारा, बैशाख,

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, बारा तथा मातहतका इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरुमा गाडीहरुलाई रोकि चेक चाँज गर्ने क्रममा ३५ हजार बराबरको समानहरु नियन्त्रणमा लिएका छन् ।

बैशाख ३ गते बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुरमा टाउकोमा बोकी भन्सार छली गरी ल्याउदै गरेको अन्दाजी रु. १८ हजार मूल्य बराबरको चप्पलहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीहरुलाई हेर्दा उक्त समान फाली मानिस फरार भएको थियो ।

सोहि मितिमा जिल्ला बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ हनुमान मन्दिर स्थितमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको ना. ५४ प ९३९१ नम्बरको मोटरसाइकलमा भन्सार छली ल्याएको अन्दाजी मूल्य रु. २८ हजार बराबरको पाउडरको दुध प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी टोलीलाई हेर्दा उक्त दुध फाली मोटरसाइकल लिई मानिस फरार रहेका छन् ।

सोहि मितिमा उक्त जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थितमा बीरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको म. प्र. ०३–००१६ प ८६२१ नम्बरको यात्रुबाहक बसमा लुकाई छिपाई राखेको अन्दाजी मूल्य रु. १९ हजार २ सय बराबरको ३२ पैकट मिट मसला बिल बिजक नभएको नियन्त्रणमा लिइएको छ ।

उक्त समानहरुलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाइएको कुरा जिल्ला बारा, कलैयाका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जनाएका छन् ।

Leave a Reply