You are currently viewing विश्वका यी देशहरुमा वर्षको पहिलो सूर्यग्रहण देखिने

विश्वका यी देशहरुमा वर्षको पहिलो सूर्यग्रहण देखिने

नेभा, २६ चैत,

वर्षको पहिलो सूर्यग्रहण आज चैत २६ गते लाग्दैछ । आज भइरहेको यो खगोलीय घटना पश्चिमी युरोप, प्रशान्त, एट्लान्टिक, आर्कटिक, मेक्सिको, उत्तर अमेरिका, क्यानडा, मध्य अमेरिका, दक्षिण अमेरिकाको उत्तरी भाग, इङ्गल्याण्डको उत्तर पश्चिम क्षेत्र र आयरल्याण्डमा मात्र देखिनेछ ।

भारतीय समय अनुसार पूर्ण सूर्यग्रहण आज राती ९:१२ मा सुरु हुनेछ र भोलि २:२२ मा समाप्त हुनेछ । अमेरिकामा करिब चार मिनेट अन्धकार हुनेछ ।

विश्वमा प्रत्येक वर्ष दुई देखि पाँचवटा सूर्यग्रहण लाग्न सक्छ, तर कुल ग्रहण प्रत्येक १८ महिनामा एक पटक मात्र हुन्छ । यस पटक पूर्ण सूर्यग्रहण मेक्सिको, संयुक्त राज्य अमेरिका र क्यानडा हुँदै उत्तर अमेरिका पार गर्नेछ ।

यो सूर्यग्रहण नेपालमा देखिने छैन तर निराश हुनुपर्ने अवस्था छैन, यो दुर्लभ खगोलीय घटना नासाको आधिकारिक युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ ।

Leave a Reply