You are currently viewing कन्टेनरको ठक्करबाट एकजना महिलाको मृत्यु

कन्टेनरको ठक्करबाट एकजना महिलाको मृत्यु

नेभा, विराटनगर, २३ चैत्र,

मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ९ स्थित कोशी लोकमार्गमा कन्टेनरको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।

HR 38 Y 5490 नम्बरको कन्टेनर गाडीले को. १५ प ७६२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएकि मोटरसाईकल पछाडि सवार ३५ वर्षिया अमिरका कुमारी कुर्मीको उपचारको क्रममा नोवेल अस्पताल, बिराटनगरमा मृत्यु भएको छ ।

घाईते मोटरसाईकल चालक विराटनगर वडा नम्बर १४ का २१ वर्षिय अनुराग रायको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

ठक्कर दिने सवारी साधन र चालक भारत बिहार मोतिहारीका सुबोध पाण्डेलाई जिल्ला प्रहरी कार्यालय, मोरङले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply