You are currently viewing कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

नेभा, काठमाडौं, १९ चैत,

शंकर पाठकको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रुजन श्रेष्ठ समेत भएको कर्तव्य ज्यान मुद्दामा वारदातमा संलग्न रही फरार रहेका जिल्ला रामेछाप दोरम्बा गाउँपालिका वडा नम्बर ३ को वडा सदस्य भई हाल भक्तपुर निकोसेरा बस्ने ४० वर्षको लाल बहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खोज तलास गरी फेला परेमा पक्राउ गरी दाखिला गराई दिने भन्ने व्यहोरा जिल्ला प्रहरी कार्यालय, रामेछापको क्रम संख्या ६४०० चैत १२ गतेको पत्र जिल्ला प्रहरी परिसर, काठमाडौंमा प्राप्त भएको थियो ।

प्राप्त भए पश्चात निज प्रतिवादीको खोज तलास गर्ने क्रममा चैत १८ गते काठमाडौं जिल्ला को महानगरपालिका वडा नम्बर ३२ जडिबुटी वडा एरियामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको छ ।

निज लाल बहादुर मगरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय, रामेछाप पठाइएको कुरा जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

Leave a Reply