You are currently viewing झापामा खन्ती प्रहार गरी १ जनाको हत्या

झापामा खन्ती प्रहार गरी १ जनाको हत्या

नेभा, झापा, ९ चैत,

झापाको भद्रपुर नगरपालिका वडा नम्बर २ स्थितमा खन्तीले टाउकोमा प्रहार गर्दा १ जनाको मृत्यु भएको छ ।

स्थानीय ३५ वर्षको सनम भन्ने गंगा राई सोहि स्थान बस्ने ३० वर्षीय कमान सिंह राईको घरमा आई सुतेकोमा ३० वर्षीय कमान सिंह राईले पुरानो रिसिवीको कारण सुतिरहेकै अवस्थामा फलामको खन्तीले टाउकोमा प्रहार गरी गंगा राईको हत्या गरेका छन् ।

घटनामा संलग्न राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Leave a Reply