You are currently viewing तिघ्रामा लुकाई ल्याइएको लागूऔषध सहित साह पक्राउ

तिघ्रामा लुकाई ल्याइएको लागूऔषध सहित साह पक्राउ

नेभा, सरहा, १० फागुन,

लागूऔषध सहित एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नियन्त्रणमा लिइएको व्यक्ति सिरहाको लहान नगरपालिका वडा नम्बर २१ को निवासी अन्दाजी २३ वर्षको सोनु कुमार साह हुन् ।

सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर ४ ठाडि चोक स्थित प्रहरी चौकी ठाडि सिरहाबाट प्रहरी बरिष्ठ नायब निरिक्षक सजेन्द्र पोखरेलको कमाण्डमा खटिएको गस्ति टोलिले चेकजाँच गर्ने क्रममा निज सहलाई पक्राउ गरेको हो ।

निज भारतबाट नेपालतर्फ पैदल आउदै गरेको अवस्थामा चेकजाँच गर्दा निजको साथबाट नाईट्रोजन ९ थान, फेनारागन ९ थान र क्राफिन ९ थान फेला परेको थियो । निज साहले लागूऔषधलाई दुबै थाई (तिघ्रामा) टेपले बाँधि लुकाई छुपाई ल्याई रहेका थिए ।

उक्त लागूऔषध फेला पारी रितपूर्वक बरामद गरी निजलाई लागूऔषध सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय, लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको कुरा प्रहरी नायब उपरीक्षक रबिन्द्र राज पाण्डेले जनाएका छन् ।

Leave a Reply