मोरङ र झापाको तिन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा मंगलवार लागूऔषध नियन्त्रण ब्युरो, बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका वडा नम्बर १७ को १९ बर्षीया अनिता बैठालाई बिराटनगर वडा नम्बर १५ बाट १९.३३ ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको हो र घटनामा संग्लग्न रहेकी बिराटनगर वडा १६ को३० बर्षीया सरस्वती गुरुङलाई १ थान डिजिटल तराजु सहित पक्राउ गरिएको कुरा प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यसैगरी मोरङकै पथरी शनिश्चरे नगरपालिका वडा ४ बाट स्थानिय ३३ बर्षीय चित्र कुमार रपाल बि.क. लाई २५ ग्राम लागूऔषध ब्राउनसुगर, बिभिन्न कम्पनिका ५ थान मोबाइल र डिजिटल तराजु १ थान सहित ईलाका प्रहरी कार्यालय, पथरीबाट खटिएको प्रहरी टोलीले मंगलवार पक्राउ गरिएको छ ।
लागूऔषध नियन्त्रण ब्युरो, काकाडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर वडा नम्बर ६ बाट बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ को २२ वर्षको स्मार्ट थेवेलाई एक ग्राम लागुऔषध खैरो हेरोईन सहित मंगलवार पक्राउ गरिएको हो ।
निजहरुलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिई निजहरुको सम्बन्धमा प्रहरीहरु द्वारा थप अनुसन्धान भइरहेको छ ।