You are currently viewing पाकिस्तानको इमरान खानलाई १० वर्षको जेल सजाय

पाकिस्तानको इमरान खानलाई १० वर्षको जेल सजाय

नेभा, पाकिस्तान, १६ माघ,

पिटिआईका संस्थापक इमरान खान र शाह महमूद कुरैसीलाई सिफार काण्डमा १० वर्षको जेल सजाय सुनाइएको छ ।

विशेष न्यायाधीश अब्दुल हसनत जुल्करनैनले फैसला सुनाए । इमरान खान अहिले रावलपिन्डीको आदियाला जेलमा छन् ।

यो निर्णयलाई पहिले नै जेलमा रहेका इमरान खानका लागि ठुलो झट्काका रूपमा हेरिएको छ । पाकिस्तानमा फेब्रुअरी ८ को आम चुनावअघि, यो सजाय इमरानको पार्टीको चुनावी तयारीका लागि गहिरो झट्का छ ।

यो १० वर्षको सजायले इमरान खान र उनका पूर्व विदेश मन्त्री शाह महमुद कुरैसीका लागि चुनाव लड्ने बाटो बन्द भएको छ ।

यो फैसलालाई इमरान खान र उनको पार्टीका लागि ठुलो झट्काका रूपमा हेरिएको छ । इमरान खान जेलबाट चुनाव लड्ने सपना देखिरहेका थिए । तर १० वर्षको सजायको घोषणाले यो सपना चकनाचूर भएको छ ।

यद्यपि इमरान खानले अझै पनि उच्च अदालतमा सजायलाई चुनौती दिन सक्छन्, सेनासँग चलिरहेको तनावका कारण उनलाई कुनै राहत पाउने आशा छैन ।

Leave a Reply