You are currently viewing रातमा ATM मेशिन फोड्न खोज्ने व्यक्ति पक्राउ

रातमा ATM मेशिन फोड्न खोज्ने व्यक्ति पक्राउ

नेभा, कास्की, १६ माघ,

एकजना व्यक्तिले माघ १४ गते राति जिल्ला, कास्की पोखरा महानगरपालिका वडा नम्बर ५ स्थितमा रहेको NMB बैंकको ATM मेशिनबाट पैसा चोरी गर्ने उद्वेश्यले मेशिन तोडफोड गर्दै गरेका थिए ।

जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ घर भई हाल सोहि ठाउँको पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटा बस्ने २७ वर्षको टिकाराम पौडेललाई वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको कुरा जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

निजलाई नियन्त्रणमा लिई कास्की जिल्ला, अदालतबाट चोरी उद्योग मुद्वामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईएको छ ।

Leave a Reply