पौष २५ गते जिल्ला गोरखा, गोरखा नगरपालिका वडा नम्बर २ तल्लो कोखे स्थित बगैंचामा बस्ने २८ वर्षको फिरोज मियालाई ज्यान मार्ने नियतले बञ्चरोको बिंडले टाउको समेतको भागमा प्रहार गरी गम्भिर घाईते गरिएको थियो ।
सिरानचोक गाउँपालिका वडा नम्बर ६ महटार बस्ने २५ वर्षको सुशिल परियार र सोहि ठाउँको वडा नम्बर २ कोखेआहाले बस्ने २१ वर्षको पुर्ण बहादुर परियारलाई प्रहरीद्वारा पक्राउ गरिएको छ । घटनामा संलग्न पुर्ण बहादुर परियारलाई पौष २५ गते र सुशिल परियारलाई पौष २६ गते पक्राउ गरीएको थियो ।
पौष २६ गते निजहरु विरुद्ध ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला, अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, गोर्खाले जनाएको हो ।