रुस र युक्रेनबिचको युद्ध अझै समाप्त भएको छैन । यस युद्धको बिचमा रुसले विश्वभर आर्थिक प्रतिबन्धको सामना गर्नुपरेको थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको अर्थतन्त्रका बारेमा ठुलो बयान दिएका छन् । “विश्वभरबाट आएको दबावका भए पनि हामी युरोपको सबैभन्दा ठुलो अर्थतन्त्र हौँ”, पुटिनले दावी गरेका छन् । पुटिनले रुसको सुदूर पूर्वमा सक्रिय उद्यमीहरूसँगको बैठकमा यस्तो बताएका हुन् ।
उनले भने “यस्तो देखिन्छ कि हाम्रो घाँटी दबाउन र सबै पक्षबाट दबाव परिरहेको छ, तर अझै पनि हामी युरोपको सबैभन्दा ठूलो अर्थव्यवस्था हौँ” । “हामीले जर्मनीलाई उछिनेर क्रय शक्ति समानतामा जिडिपीको सन्दर्भमा विश्वमा पाँचौँ स्थानमा पुगेका छौँ । हामी युरोपमा एक नम्बरमा छौं ।’