You are currently viewing खैरो हिरोइन सहित शर्मा प्रहरीको नियन्त्रणमा

खैरो हिरोइन सहित शर्मा प्रहरीको नियन्त्रणमा

नेभा, काठमाडौं, २३ पुष,

जिल्ला, काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नम्बर २ नागढुङ्गा स्थित चेक प्वाइन्टमा काकडभिट्टा देखि काठमाण्डौ तर्फ आउदै गरेको प्रदेश १- ०१-००१ ख ४३४१ नम्बरको बसलाई चेकजाँच गर्दा एकजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त बसमा सवार जिल्ला, मोरङ बेलबारी नगरपालिका वडा नम्बर २ बस्ने २२ वर्षको रिकी शर्माले लगाएको ज्याकेटको खल्तिबाट लागूऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ प्लाष्टिक सहित ८.२ ग्राम फेला परेको थियो ।

लागूऔषध खैरो हिरोईन फेला पर्दा बरामद गरी निज रिकी शर्मालाई नियन्त्रणमा लिईएको छ ।

लागूऔषध सम्बन्धी कसुर मुद्दामा काठमाण्डौ जिल्ला, अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

Leave a Reply