You are currently viewing नेपालीहरुलाई अपहरण गर्ने भारतीयहरु पक्राउ

नेपालीहरुलाई अपहरण गर्ने भारतीयहरु पक्राउ

नेभा, रौतहट, ११ पुष,

पुष ५ गते जिल्ला चितवन भरतपुर महानगरपालिका बडा नम्बर १९ हुलाक चोक बस्ने ४० वर्षको कृष्ण थापा र सोहि ठाउँको रत्ननगर नगरपालिका जिरौना बस्ने अन्दाजी ३५ वर्षको दिपेन्द्र महत समेत मोटरसाईकलमा रौतहटको चन्द्रपुर जान्छु भनी हिडेको थिए ।

पुष ७ गते बेलुका निज कृष्ण थापाले आफ्नो फेसबुक आईडीबाट म अपहरणमा परे र रु ६ लाख फिरौती माँग गरेको छ भनी कृष्ण थापाले आफ्‌नो श्रीमतीलाई म्यासेन्जरमा कल गरेको भन्ने जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनमा सूचना प्राप्त भएको थियो ।

उक्त सुचना जिल्ला प्रहरी कार्यालय, रौतहटको कार्यालयमा समेत प्राप्त भई अपहरणमा परेका मानिसहरु भारतको सिमावर्ती ईलाकामा हुन सक्ने सम्भावना रहेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतीय प्रहरीहरुसंग सहयोग तथा समन्वय गरी भारतीय प्रहरी द्वारा अप्रेशन संचालन गरेका थिए ।

पुष १० गते भारतको सितामढी डुम्रा थानाबाट खटिएको भारतीय प्रहरीद्वारा अपहरणमा परेका कृष्ण थापा र दिपेन्द्र महत समेतलाई भारतको सितामढीबाट स-कुशल उद्धार गरेको र अपहरणमा संलग्न ६ जना पुरुष व्यक्तीहरुलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरु भारतको जिल्ला सितामाढी थाना डुम्रा मेहसोल वडा नम्बर २७ बस्ने मोहम्मद लियाकल राईनको छोरा मोहम्मद अकबर, सोहि ठाउँको मोहम्मद जमिल अकतरको छोरा मोहम्मद नईम, सोहि ठाउँमा बस्ने मोहम्मद अलाउदिनको छोरा अन्दाजी ३० वर्षको कौसर अली, सोहि ठाउँको मोहम्मद सईमको छोरा अन्दाजी २० वर्षको मोहम्मद सदाब,  सोहि वडा नम्बर ३८ को निवासी मोहम्मद ऐहसान शेखको छोरा अन्दाजी २७ वर्षको मोहम्मद ईर र सोहि जिल्ला सितामढी बथनाहा थाना टन्डसपुर वडा नम्बर ३ बस्ने कैलाश सिंहको छोरा ३३ वर्षको राम नरेश कुमार हुन् ।

पिडितबाट भारतिय सितामढी प्रहरीले अपहरण तथा शरीर बन्धक शिर्षकमा जाहेरी दरखास्त लिई थप अनुसन्धान कार्य अगाडी बढाएको छ ।

पिडीतहरु सिमावर्ती ईलाकामा आई जिल्ला प्रहरी कार्यालय, रौतहटमा सम्पर्क गरेको र निज पिडितहरुलाई यस कार्यालयमा ल्याई निजहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण पश्चात आफन्तको जिम्मा लगाएको अन्य अनुसन्धान कार्य भइरहेको कुरा प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जनाएकी छिन् ।

Leave a Reply