You are currently viewing धनुषामा नदीजन्य पदार्थ उत्खनन् गर्ने टिफर र ट्रयाक्टर प्रहरीको नियन्त्रणमा

धनुषामा नदीजन्य पदार्थ उत्खनन् गर्ने टिफर र ट्रयाक्टर प्रहरीको नियन्त्रणमा

नेभा, धनुषा, २० मंसिर,

जिल्ला धनुषा मिथिला नगरपालिका वडा नम्बर ३ औरही खोला र बटेश्वर गाउँपालिका ५ मा बसि खोलामा उत्खनन् गर्ने टिपर र ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा गरेको छ ।

यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट खटिएको गस्ती टोलिले अवैध रुपमा वालुवा उत्खनन् गर्दै गरेको अवस्थामा ना १ क ६९६४ र ज १ त ३६७४ नम्बरको टिपर र ट्रयाक्टरलाई नियन्त्रणमा लिईएको छ ।

टिपर र ट्रयाक्टरलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको खबर जिल्ला प्रहरी कार्यालय, धनुषाको बिज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

Leave a Reply