घाँटीको समस्याबाट छुटकारा पाउन तुलसीको प्रयोग गर्न सकिन्छ । रुघाखोकी लागेमा तुलसीले घाँटी दुख्ने र अन्य समस्याबाट छुटकारा दिन्छ । यसका लागि तुलसीको पात चपाएर मनतातो पानी पिउनुहोस् वा मनतातो पानीमा तुलसीको पातको रस मिसाएर कुल्ला गर्नुहोस् । यसो गर्दा मुख, दाँत र घाँटीको समस्या निको हुन्छ ।
तुलसीको पात दमका बिरामीका लागि निकै फाइदाजनक हुन्छ । सुख्खा खोकी लागेका व्यक्तिले तुलसीको सेवन गर्न सक्छन् । यसका लागि तुलसीको पातलाई प्याजको रस र सुक्खा अदुवा र मह मिसाएर पर्छ । यसले सुख्खा खोकी र दमबाट राहत दिन्छ ।
तुलसीको पातको रस पिउँदा कान दुख्ने समस्याबाट आराम मिल्छ । कान सुन्निएको छ भने तुलसीको पातको घोल लगाउनाले आराम मिल्छ । यसका साथै तुलसीले दाँतको दुखाईबाट पनि राहत दिन्छ । तुलसीको पात र कालो मिर्च पिसेर चक्की बनाएर दाँतमुनि राख्नुहोस् । यसले दुखाइबाट राहत प्रदान गर्नेछ ।