You are currently viewing सर्बियामा विषाक्त ग्यास चुहावट भएपछि आपतकाल घोषणा, विद्यालय र राजमार्गहरू पनि बन्द

सर्बियामा विषाक्त ग्यास चुहावट भएपछि आपतकाल घोषणा, विद्यालय र राजमार्गहरू पनि बन्द

नेभा, १२ पौष,

सर्बियाको पिरोट सहरमा अमोनिया ग्यास चुहावटका कारण ठूलो दुर्घटना भएको छ । सोमबार पनि अन्तर्राष्ट्रिय राजमार्ग बन्द भएको थियो । यससँगै यस क्षेत्रका विद्यालय र अन्य निजी संस्था पनि बन्द गरिएका छन् । ग्यास चुहावटका कारण दर्जनौं मानिस बिरामी परेका छन् । देशको पूर्वी भागमा पर्ने पिरोट सहरमा संकटकाल घोषणा गरिएको छ । यो सहर बुल्गेरियाको सिमाना नजिक छ । वास्तवमा, आइतबार साँझ यहाँ अमोनिया बोकेको मालगाडी पल्टियो, त्यसपछि विषाक्त ग्यास लिक हुन थाल्यो ।

दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् । पूर्वाधार मन्त्री गोरान भेसिकले यो चिन्ताको विषय भए पनि घटनास्थलमै सम्बोधन गरी थप क्षति हुन नदिने प्रयास भइरहेको बताए । ‘कमजोर पूर्वाधारका कारण दुर्घटना भएको हुनसक्छ,’ उनले पत्रकार सम्मेलनमा भने । उनले विषाक्त पदार्थ ढुवानीका लागि कडा प्रक्रिया उल्लंघन भए नभएको विषयमा पनि अधिकारीहरुले हेरिने बताए ।

मालगाडी पल्टिएको स्थानबाट केही किलोमिटर टाढा हावा र पानीमा अमोनियाको कुनै निशान फेला नपरेको अधिकारीले बताए । तर स्थानीय अधिकारीहरूले मानिसहरूलाई सावधान रहन र घर भित्रै बस्न आग्रह गरेका छन् ।

Leave a Reply