मध्य इङ्ल्यान्डको वोल्भरह्याम्प्टनमा भएको आक्रमणमा एक बेलायती सिख ट्याक्सी चालकको मृत्यु भएको छ । यस मामिलामा ३५ वर्षीय पुरुषलाई हत्याको अभियोग लगाइएको छ । सहरको नाइन एल्म्स लेनमा रहेको निजी ट्याक्सी कम्पनीमा चालकका रूपमा कार्यरत ५९ वर्षीय अनख सिंह ड्युटीको क्रममा गम्भीर घाइते अवस्थामा फेला परेपछि उनको मृत्यु भएको हो ।
यस विषयमा गहिरो अनुसन्धान भइरहेको वेस्ट मिडल्याण्ड प्रहरीले जनाएको छ । टोमास मार्गोललाई हत्याको आरोप लगाइएको छ र यो महिनाको सुरुमा वोल्भरह्याम्प्टन मजिस्ट्रेटको अदालतमा हाजिर भएको छ ।
शवको पोष्टमार्टम पनि भयो तर नतिजा निस्कन सकेको छैन । वेस्ट मिडल्याण्ड्स पुलिस होमिसाइड टोलीका अनुसन्धान अधिकारी मिशेल थर्गुडले भने “हामीले श्री सिंहको परिवारलाई घटनाक्रमको बारेमा अद्यावधिक प्रदान गरेका छौं र परिवारलाई सबै सम्भव सहयोगको प्रस्ताव राखेका छौं ।