You are currently viewing इरानमा गोली चल्दा ७ जनाको मृत्यु

इरानमा गोली चल्दा ७ जनाको मृत्यु

नेभा, १ मार्ग,

१६ नोभेम्बर इरानको दक्षिणपश्चिमी सहर इजेहको एउटा बजारमा केही आक्रमणकारीले गोली चलाएको थियो । जसका कारण २ महिलासहित ५ जनाको ज्यान गएको छ । सोही क्रममा यस हमलामा अन्य केही व्यक्ति र सुरक्षाकर्मी घाइते भएका छन् । समाचार एजेन्सी (इआरएनए) का अनुसार इरानको इस्फाहान सहरमा पनि गोली हानाहान भएको थियो । जसमा २ सैनिकको ज्यान गएको थियो ।

दुवै आक्रमणमा आक्रमणकारी मोटरसाइकलमा आएका थिए । यी आक्रमणको उद्देश्य के थियो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । आक्रमण दुई महिनादेखि चलिरहेको हिजाब विरोधी प्रदर्शनसँग सम्बन्धित रहेको अनुमान गरिएको छ । जहाँ एक युवतीले प्रहरी हिरासतमा ज्यान गुमाएकी थिइन् । इजेहमा भएको आक्रमणमा सुरक्षाकर्मीसहित १० जना घाइते भएको बताइएको छ ।

खुजेस्तान प्रान्तका डेपुटी गभर्नर वलीउल्लाह हयातीले मृत्यु हुनेमा दुई महिला रहेको बताए । सरकारी टेलिभिजनका अनुसार बुधबार राति एजेहका विभिन्न भागहरूमा प्रदर्शनकारीहरूको धेरै समूहहरू भेला भए र सरकार विरोधी नारा लगाए र प्रहरीमाथि ढुङ्गा हाने । उनीहरुलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । यसै क्रममा कसैले शिया समुदायको मदरसामा आगजनी गरेको थियो ।

Leave a Reply