You are currently viewing सांघाईमा विनाश मच्चाएपछि ‘मुइफा’ आँधी पूर्वी तटमा सरेको छ

सांघाईमा विनाश मच्चाएपछि ‘मुइफा’ आँधी पूर्वी तटमा सरेको छ

नेभा, ३० भाद्र,

मुइफा आँधी बिहीबार चीनको पूर्वी तटीय क्षेत्रतर्फ अघि बढेको छ । यसअघि गएराति आएको आँधीका कारण सांघाई सहरमा तीव्र हावा र भारी वर्षा भएको थियो ।

चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार यो तूफान बुधबार अबेरसम्म प्रतिघण्टा १२५ किलोमिटर (७७ माइल) को गतिको हावाको साथ तटमा पुगेको थियो तर बिहानसम्म यो आँधी कमजोर भएर उष्णकटिबंधीय चक्रवातमा परिणत भएको थियो ।

जियाङसु प्रान्तको पूर्वी भागतर्फ सर्दै बिहीबार थप कमजोर हुने पूर्वानुमान गरिएको छ । सांघाई क्षेत्रमा आएको आँधीबाट कुनै मानवीय क्षति नभएको र बिहीबार सार्वजनिक यातायात सेवा सुचारु भएको छ ।

यसअघि हावाहुरी क्षेत्र भएर जाने क्रममा यी सेवा अवरुद्ध भएका थिए । दक्षिणी शाङ्घाई सहर निङ्बोमा पानी जमेको तस्बिरहरू सामाजिक सञ्जालमा देखा परेका छन् । यी तस्विरहरूमा हिजो राति परेको भीषण वर्षापछि धेरै स्कुटर र कारहरू पानीमा डुबेको देखिन्छ । आँधी नजिकिएसँगै जियाङ्सुमा भारी वर्षाको चेतावनी जारी गरिएको छ र बिहीबार प्रान्तका सबै जिल्लामा विद्यालय बन्द गरिएको छ ।

Leave a Reply