You are currently viewing सोमालियामा बम विष्फोटमा १९ जनाको मृत्यु, २३ घाइते

सोमालियामा बम विष्फोटमा १९ जनाको मृत्यु, २३ घाइते

नेभा, १३ श्रावण,

अफ्रिकी देश सोमालियामा बम विस्फोट भएको खबर छ । दक्षिणी सोमालियाका दुई सहरमा भएका छुट्टाछुट्टै बम विस्फोटमा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार पहिलो घटनामा तल्लो शबेले क्षेत्रको मार्का सहरमा आत्मघाती बम आक्रमणकारीले आफूलाई विस्फोट गराएको थियो, जसमा १३ जनाको मृत्यु भएको थियो भने अन्य पाँच जना घाइते भएका थिए ।

तल्लो शबेले क्षेत्रका गभर्नर इब्राहिम अदान अली नाजाले मर्कामा भएको बम विष्फोटमा मारिएका जिल्ला आयुक्त अब्दुल्लाही अली वाफो रहेको बताए । नाजाले भनेका थिए कि विष्फोटमा वाफो आफ्नो कार्यालय बाहिर कुरा गरिरहेको अन्य १२ जनासँग मारिएको थियो । अल-शबाब आतंकवादीले मार्का सहरमा भएको आक्रमणको जिम्मेवारी लिएको छ ।

दोस्रो आक्रमणमा सोही क्षेत्रको अफगोय सहरको स्थानीय बजारमा सडक छेउमा भएका दुई विष्फोटमा ६ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए ।

घटनास्थलमा उपस्थित अफगोई जिल्ला प्रशासनका पूर्व प्रवक्ता अब्दुकादिर आइडोलले भीडभाड बजारमा दुईवटा रिमोट कन्ट्रोल ल्यान्डमाइन विस्फोट भएको बताए । आइडलले भने कि दोस्रो विस्फोट केही मिनेट पछि भयो र उद्धार कार्यमा संलग्न मानिसहरूलाई लक्षित गरियो ।

Leave a Reply