सुडानमा फेरि एकपटक रक्तपातपूर्ण झडपको घटना सार्वजनिक भएको छ । सुडानको दक्षिणी प्रान्तमा दुई आदिवासी समूहबीच भएको झडपमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । अधिकारीहरूले यो जानकारी दिए । गत अक्टोबर १ मा भएको सैनिक विद्रोहपछि मुलुकमा जारी अशान्तिका क्रममा रक्तपातको यो पछिल्लो घटना हो ।
यस हप्ताको सुरुमा एक किसानको हत्या भएपछि ब्लू नाइल प्रान्तमा हौसा र बिर्ता जातीय समूहहरूबीच झडप सुरु भएको स्थानीय सरकारले शुक्रबार ढिलो जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सुडानको मेडिकल कमिटीका अनुसार शनिबार दिउँसो पनि यस क्षेत्रमा थप सेना तैनाथ गरे पनि लडाई जारी रह्यो । स्थानीय सरकारले यस क्षेत्रमा शान्ति कायम गर्न सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) तैनाथ गरेको छ ।
रोजियर्स सहरमा करिब १६ पसलमा क्षति पुगेको बताएको छ । प्रान्तमा आकस्मिक र जीवन बचाउने औषधिको अभावका बीच शनिबार थप घाइतेहरूलाई अस्पतालमा ल्याइएको चिकित्सा समूहले जनाएको छ । उनले घाइतेहरुको उपचारका लागि राजधानी खार्तुमका अधिकारीहरुलाई बोलाएका छन् ।