पाकिस्तानको सिन्ध प्रान्तमा चिकित्सकको ठूलो लापरवाही सार्वजनिक भएको छ । जहाँ डाक्टरले गर्भवती महिलालाई सुत्केरी गर्दा पाठेघरमा रहेको बच्चाको टाउको काटिदिए । घटनापछि ३२ वर्षीया हिन्दू महिलाको अवस्था निकै नाजुक बन्दै गएको थियो । सिन्ध स्वास्थ्य सेवाका महानिर्देशक डा जुमन बाहोटोले आमा र बच्चाको ज्यानसँग खेलवाड भएको घटनाको छानबिन गर्न आदेश दिएका छन् ।
लियाकत युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेज (LUMHS), जामशोरोका स्त्री रोग विभागका प्रमुख प्रोफेसर राहिल सिकन्दरले भने, ‘भिल हिन्दू समुदायकी महिला थारपार्कर जिल्लाको दुर्गम गाउँकी हुन् । उनी पहिले आफ्नो इलाकाको ग्रामीण स्वास्थ्य केन्द्रमा पुगेपनि त्यहाँ महिला चिकित्सक नहुँदा केन्द्रका अप्रशिक्षित कर्मचारीले सुत्केरी गर्दा निकै पीडा हुने गरेको थियो ।
सिकन्दरका अनुसार आइतबार आरएचसीका कर्मचारीले शल्यक्रिया गरी गर्भमै रहेको बच्चाको टाउको काटिदिए । जसका कारण महिलाको स्वास्थ्य बिग्रिएपछि उनलाई नजिकैको मिठीस्थित अस्पतालमा लगिएको थियो, जहाँ उनको उपचारको व्यवस्था थिएन । त्यसपछि महिलाका परिवारका सदस्यले उनलाई LUMHS लगे जहाँ बालकको बाँकी शव निकालिएको सिकन्दरले बताए । वास्तवमा, बच्चाको टाउको भित्र फसेको थियो र आमाको पाठेघरमा क्षति पुगेको थियो, जसका कारण डाक्टरहरूले महिलाको जीवन बचाउन र बच्चाको टाउको निकाल्न पेटको शल्यक्रिया गर्नुपरेको थियो ।