प्यालेस्टाइन- इजरायली सीमामा भएको झडपमा अल जजिराका एक वरिष्ठ पत्रकारको मृत्यु भएको छ । मिडिया समूहले यसका लागि इजरायललाई दोष लगाएको छ ।
मारिएका पत्रकारको नाम शिरेन अबु अक्लेह रहेको छ । मिडिया समूहले यसका लागि इजरायली सेनालाई दोष लगाएको छ र यसलाई चिसो रगतको हत्या भनेको छ । एएफपीले अल-जजिरालाई उद्धृत गर्दै अबुले प्रेस ज्याकेट लगाएका बेला उनको मृत्यु भएको बताएको छ ।
पत्रकार गुमाएपछि अल-जजिरा आक्रोशित छ । समूहले इजरायली सेनाले आफ्ना पत्रकारको हत्या गरेर अन्तर्राष्ट्रिय कानुनको अवहेलना गरेको बताएको छ । एएफपीका अनुसार इजरायली सैनिकहरूले चलाएको गोली लागेर शिरेनको मृत्यु भएको हो । शिरेन त्यहाँ वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा भएको छापामारी कभर गर्न गएका थिए ।