You are currently viewing सीएमसी द्वारा बीएमसीमा हाजिरीजवाफ प्रतियोगिताको आयोजना

सीएमसी द्वारा बीएमसीमा हाजिरीजवाफ प्रतियोगिताको आयोजना

बीरगंज, फाल्गुन २०,

जय गणेश साकोसको सहयोगमा कोअपरेटिभ म्यानेजर्स क्लब (सीएमसी), बीरगञ्ज, पर्साले बीरगञ्ज मेघा कलेज (बीएमसी) को प्राङ्गणमा शुक्रवार एक हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा कक्षा ११ तथा १२ मा अध्ययन गर्ने २० जना छात्रछात्राहरुले सहभागिता देखाएका थिए ।

सिएमसी पर्साका उपाध्यक्ष रविभुषण श्रीवास्तवको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथीमा नेफ्स्कुनका सदस्य हरेराम पटेल हुनुहुन्थ्यो ।

उक्त हाजिरीजवाफको निर्णायक मण्डलमा बीएमसीका प्रिन्सिपल दिपेन्द्र प्रसाद कानु, सिएमसीका शिक्षा समितिका संयोजक दिपेन्द्र श्रेष्ठ तथा नेफ्स्कुनका सदस्य हरेराम पटेल रहनु भएको थियो ।

हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सिएमसीका संस्थापक अध्यक्ष जिष्णु बरालले गरेका थिए भने सिएमसीका सचिव रामबाबु चौधरी, संचालक सदस्य इन्दु श्रेष्ठ, शिक्षा समितिका सदस्य चन्द्रशेखर साह तथा धर्मेन्द्र जयसवालले सहजिकरण गर्नुभएको थियो ।

उक्त अवसरमा बीएमसीका डायरेक्टर, जय गणेश साकोसका सल्लाहकार तथा पूर्व अध्यक्ष तथा शिक्षाप्रेमि शम्भु गुप्ता, राष्ट्रिय सहकारी बैंक बीरगंज शाखाका प्रबन्धक संजय कुमार महतो तथा बीएमसीका कोअर्डिनेटरहरु मुस्तुफा अंसारी, गुड्डु साह, प्रकाश यादव, विश्वास प्रताप शाह, लगायत अन्य कर्मचारी तथा शिक्षकशिक्षिकाहरुको उपस्थिति थियो ।

विद्यार्थी सन्ध्या पटेल, शिव यादव, रौनक रैन रहेका ग्रुप ए जसको टिम लिडर आशिष गुप्ता रहेको थिए, ले प्रथम स्थान हासिल गर्न सफल भए ।

त्यसैगरी, ग्रुप डीले दोस्रो स्थान तथा ग्रुप सीले तेश्रो स्थान हासिल गरेको थियो । बिजेता ग्रुपले प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर पाएका थिए ।

यस्ता कार्यक्रमले विद्यार्थीहरुको मनोवल बढ्ने तथा जीवनका विभिन्न चुनौतिहरुलाई सामना गर्न उर्जा प्रदान गर्ने भएकोले यस्ता कार्यक्रमहरुको आयोजना बेलाबखतमा गरिनुपर्ने कुरामा शम्भु गुप्ताले जोड दिएका थिए भने प्रबन्धक संजय कुमार महतोले सहकारि संस्थामा आफ्नो भविष्य देख्ने विद्यार्थीहरुलाई यस्ता कार्यक्रमले तयार पार्ने र जागिरको लागि समेत मद्दत गर्ने कुरामा जोड दिएका थिए ।

Leave a Reply