रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध युद्धको घोषणा गरेका छन् । दुवै देशको सिमानाको अवस्था झनै खतरनाक बन्दै गएको छ । यसैबीच रुसी आक्रमणमा ४० भन्दा बढी युक्रेनी सैनिक र करिब १० सर्वसाधारण मारिएका छन् । समाचार एजेन्सी एएफपीले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई उद्धृत गर्दै उक्त जानकारी दिएको छ ।
युद्धको घोषणा गरेपछि युक्रेनमा त्रासको वातावरण छ । रूसले सम्भावित सैन्य आक्रमण सुरु गरेपछि युक्रेनीहरू आज राजधानी कीभको सबवे स्टेशनहरूमा दौडिए ।
रुसको आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ता गरेका छन् । राष्ट्रपति बिडेनले शुक्रबार G7 का नेताहरूसँग भेट्ने र सहयोगीहरूसँग मिलेर रुसमाथि कडा प्रतिबन्ध लगाउने बताएका छन् ।