रुसी संसदको माथिल्लो सदनले राष्ट्रपति भ्लादिमिर पुतिनलाई देश बाहिर सैन्य बल प्रयोग गर्न अनुमति दिएको छ । संसदको अनुमोदनले रूसले युक्रेनमा ठूलो आक्रमण सुरु गर्न मार्ग प्रशस्त गरेको छ ।
पुतिनले यस सम्बन्धमा संसदको माथिल्लो सदनलाई पत्र लेखेका थिए । पुतिनले एक दिनअघि युक्रेनको विद्रोही नियन्त्रित क्षेत्रको स्वतन्त्रतालाई मान्यता दिएका थिए । यसअघि पश्चिमी नेताहरूले रुसी सेना युक्रेनको पूर्वी भागमा पुगेको बताएका थिए । यसैबीच रुसले पनि युक्रेनबाट आफ्ना कूटनीतिज्ञहरूलाई निष्कासन गर्न थालेको छ ।
यसैबीच, पुतिनले मंगलबार क्रिमियालाई रुसको हिस्साको रूपमा अन्तर्राष्ट्रिय मान्यता दिन आह्वान गरे, र पश्चिमी देशहरूले क्रिमियालाई अन्तर्राष्ट्रीय कानूनको उल्लङ्घन भन्दै व्यापक रूपमा आलोचना गर्दै आएका छन् ।