हाम्रो शरीरका सबै अंगहरू धेरै महत्त्वपूर्ण छन् । तर कलेजो हाम्रो शरीरको महत्त्वपूर्ण र ठूलो अंग हो । यसले हाम्रो शरीरमा हानिकारक र विषाक्त पदार्थलाई बाहिर निकाल्ने, रगतको फोहोर सफा गर्ने, पाचन प्रणालीलाई स्वस्थ राख्ने जस्ता धेरै काम गर्छ । यस बाहेक यसले शरीरलाई संक्रमणसँग लड्न र शरीरलाई डिटक्स गर्न पनि मद्दत गर्छ । यस्तो अवस्थामा यदि कलेजोमा कुनै प्रकारको समस्या छ भने यसले तपाईलाई धेरै रोगको चपेटामा पार्न सक्छ ।
त्यसैले कलेजोलाई स्वस्थ राख्न निकै जरुरी छ । यसका लागि तपाईंले आफ्नो आहारमा केही फलफूल समावेश गर्न सक्नुहुन्छ । कलेजोलाई बलियो र स्वस्थ बनाउन आफ्नो आहारमा कुन-कुन फलफूल समावेश गर्न सकिन्छ भन्ने बारे जान्नुहोस् ।
कलेजोलाई स्वस्थ र बलियो बनाउनको लागि तपाईंले आफ्नो आहारमा अंगूर समावेश गर्नुपर्छ । यसमा एन्टिअक्सिडेन्ट पाइन्छ, जसले कलेजोलाई स्वस्थ राख्न र कलेजोको सूजन कम गर्न मद्दत गर्छ । यसबाहेक अंगूरमा केही इन्जाइमहरू हुन्छन् जसले कलेजोलाई सुधार्ने काम गर्छ ।
स्याउ स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यदि तपाइँ आफ्नो आहारमा स्याउ समावेश गर्नुहुन्छ भने, यसले कलेजो स्वस्थ राख्नुका साथै धेरै रोगबाट बचाउँछ । यस बाहेक यसमा पाइने पोलिफेनोल्सले कलेजोलाई डिटोक्सिफाइ गर्नका साथै कलेजोको सीरम र लिपिडको स्तरलाई नियन्त्रण गर्न मद्दत गर्छ ।
केरालाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा भिटामिन-ए, भिटामिन-बी र म्याग्नेसियम जस्ता धेरै पोषक तत्वहरू पाइन्छ, जसले कलेजोलाई बलियो बनाउने काम गर्छ । यसले फ्याटी लिभरको समस्यालाई पनि कम गर्न मद्दत गर्छ । केराको नियमित सेवन गर्नाले कलेजोले राम्रो काम गर्छ । यसका साथै यसलाई खाँदा कब्जियत, ग्यास आदि पेटसम्बन्धी समस्याबाट पनि राहत मिल्छ ।
मेवामा एन्टी इन्फ्लेमेटरी गुण पाइन्छ, जुन कलेजोका लागि निकै फाइदाजनक हुन्छ । मेवाले कलेजोलाई स्वस्थ बनाउनुका साथै कलेजोको सूजन कम गर्न मद्दत गर्छ । यसबाहेक यसले गठिया, उच्च रक्तचापदेखि पेटको रोगबाट टाढा राख्न मद्दत गर्छ ।