You are currently viewing पाकिस्तानमा धार्मिक पुस्तकको अपमान गरेको भन्दै एक युवकको हत्या

पाकिस्तानमा धार्मिक पुस्तकको अपमान गरेको भन्दै एक युवकको हत्या

नेभा, २ फाल्गुण,

पाकिस्तानको पञ्जाब प्रान्तको एउटा दुर्गम गाउँमा धार्मिक पुस्तकको अपमान गरेको आरोपमा भीडले एक अधबैंसे व्यक्तिको हत्या गरेको छ ।

प्रत्यक्षदर्शीले आइतबार सो जानकारी दिएका हुन् । घटना शनिबार साँझ जंगल डेरा गाउँमा भएको प्रत्यक्षदर्शीले भने, जहाँ एक व्यक्तिले पवित्र कुरानको पाना च्यातेर आगो लगाएको घोषणापछि स्थानीयहरू मगरिबको नमाजपछि भेला भएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार घटना हुनुअघि नै प्रहरी गाउँमा पुगेको थियो तर भीडले पीडितलाई स्टेशन इन्चार्जको हिरासतबाट छुटाएर रुखमा बाँधेर कुटपिट गरी हत्या गरेको थियो । उनले भने कि पीडितले कथित रूपमा आफूलाई निर्दोष दाबी गरेको थियो ।

पञ्जाब प्रान्तका मुख्यमन्त्री उस्मान बुजदारले घटनाको विस्तृत अनुसन्धानको आदेश दिँदै यस सम्बन्धमा प्रहरीसँग रिपोर्ट मागेका छन् । इस्लाम धर्मको अपमान गर्ने विरुद्ध पाकिस्तानमा निकै कडा कानुन छ, जसअन्तर्गत दोषीलाई मृत्युदण्ड दिने व्यवस्था छ ।

Leave a Reply