You are currently viewing अक्षय कुमार र टाइगर श्राफको फिल्मको घोषणा

अक्षय कुमार र टाइगर श्राफको फिल्मको घोषणा

नेभा, २५ माघ,

अक्षय कुमार र टाइगर श्राफको फिल्म बडे मियाँ छोटे मियाँको मंगलबार धमाकेदार टिजरको घोषणा गरिएको छ ।

पूजा इन्टरटेनमेन्टको फिल्ममा बलिउडका दुवै एक्सन स्टार पहिलो पटक एकसाथ पर्दामा देखिने भएका छन् । बडे मियाँ छोटे मियाँ एक एक्शन थ्रिलर फिल्म हो । फिल्मलाई अली अब्बास जफरले निर्देशन गर्दैछन् ।

फिल्मको टिजर सेयर गर्दै अक्षयले टाइगरलाई रोचक तरिकामा चुनौती दिएका छन् । बडे मियाँ छोटे मियाँ अर्को वर्ष क्रिसमसमा रिलिज हुँदैछ ।

वासु भगनानीद्वारा निर्मित बडे मियाँ छोटे मियाँ सन् १९९८ मा रिलिज भएको थियो, जुन कमेडी फिल्म थियो । यो फिल्म पहिलो पटक अमिताभ बच्चन र गोविन्दाको जोडी सँगै देखिने कारणले चर्चामा आएको थियो । यी दुई कलाकारको कदलाई ध्यानमा राखेर फिल्मको शीर्षक पनि राखिएको थियो । फिल्ममा अमिताभ र गोविन्दा दुवैले दोहोरो भूमिका निभाएका थिए ।

Leave a Reply