महिलाहरु हरेक महिना महिनावारीबाट गुज्रनु पर्ने हुन्छ । कतिपय महिलालाई सामान्य तरिकाले महिनावारी हुन्छ तर कतिपयलाई यो समयमा बढी समस्याको सामना गर्नुपर्ने हुन्छ ।
यस अवधिमा कहिलेकाहीँ असहनीय पीडा हुनुका साथै रगत पनि धेरै आउने गर्छ । कहिलेकाहीँ महिनावारीको प्रवाह यति धेरै हुन्छ कि प्याड र कपडा पनि दिनमा धेरै पटक परिवर्तन गर्नुपर्छ । भारी रक्तस्रावको समस्यालाई मेनोरेजिया भनिन्छ, जुन सीधा हार्मोनल गडबडी र स्वास्थ्य समस्याहरूसँग सम्बन्धित हुन्छ ।
यसबाहेक तनाव, डाइटिङ, थाइराइड, पेल्भिक इन्फेक्सन, फाइब्रोइड, नियोप्लाज्म र ट्युमर जस्ता धेरै कारण हुन सक्छन् ।
तोरीको दानालाई मिक्सरमा हालेर पाउडर बनाउनुहोस् । महिनावारीमा धेरै रक्तश्राव भएमा एक चम्चा यसको धूलो मनतातो दूधमा मिसाएर खानुहोस् । यो धेरै प्रभावकारी घरेलु उपचार हो । सौंफलाई पिसेर पाउडर बनाउनुहोस् र एक कप पानीमा लगभग 5 मिनेट उमाल्नुहोस् । यसलाई छान्नुहोस् र तातो पिउनुहोस् । यसका लागि मेथीको दाना पनि फाइदाजनक मानिन्छ । दुई कप पानीमा एक चम्चा मेथीको दाना उमाल्नुहोस् । पानी आधा रहँदा यसलाई छान्नुहोस् र यसमा एक चम्चा मह मिसाउनुहोस् । त्यस पछि यसको सेवन गर्नुहोस् । दिनमा दुई–तीन पटक यसो गर्दा यसबाट धेरै फाइदा हुन्छ ।
अदुवालाई पानीमा केही मिनेट उमालेर तयार गरिएको मिश्रणले महिनावारीको समयमा अत्यधिक रक्तश्राव रोक्न मद्दत गर्छ । यो मिश्रणलाई चिनी वा महको सहयोगले पनि मीठो बनाउन सकिन्छ ।