बीरगंज, २७ पौष,
पौष २६ गते गृह मन्त्रालय अन्तर्गत शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले गरेको निर्णयहरुको बारेमा जानकारी गराउनुका साथै आज मंगलवार बसेको DCMC पर्सा को बैठकले केही निर्णयहरु गरेको छ ।
सार्वजनिक स्थलमा भिडभाड हुने अर्थात २५ जना भन्दा बढी भेला हुने कुनै पनि कार्यक्रम जस्तै मेला, भेला वा महोत्सवहरुको आयोजना नगर्न नगराउन विशेष राजनीतिक दललाई आह्वान गर्ने निर्णय गरेको छ ।
माघ ७ गते देखि कुनै पनि कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल जस्ता सार्वजनिक स्थलहरुमा प्रवेश गर्दा मोबाइलमा भए पनि कोभिड विरुद्धको खोप लगाएको कार्ड हेरेर मात्र प्रवेश गर्ने गराउने व्यवस्था मिलाउन लगाउने तथा भिडभाड नियन्त्रण गर्न आलोपालो हुने गरी सेवा प्रवाह गर्न निर्णय पनि आज बसेको बैठकले गरेको छ ।
भारत र नेपालबीच भएको सिमानाकामा एन्टिजेन परिक्षण गर्ने, कोरोना पोजेटिभ फेला परेमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गराउने गरी सुरक्षाका साथ गनतव्य स्थानमा पुग्न सहजिकरण गर्नुका साथै कोभिडबाट सुरक्षित हुन जनचेतनामूलक कार्य गर्न गराउन आह्वान पनि गर्ने छ ।
अर्कोतिर शैक्षिक प्रशासन महाशाखा पर्साले पनि विद्यालयहरुका लागि नयाँ निर्देशन जारी गरेको छ ।
https://popularsys.com/nepali-news/%e0%a4%ac%e0%a5%80%e0%a4%b0%e0%a4%97%e0%a4%82%e0%a4%9c%e0%a4%95%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%95%e0%a4%be-%e0%a4%b2/

