You are currently viewing बीमनपाको छात्रवृत्तिको नतिजा प्रकाशित, कलैयाका आदित्यराज तथा बीरगञ्जका नन्दनी कलवार प्रथम (नतिजासहित)

बीमनपाको छात्रवृत्तिको नतिजा प्रकाशित, कलैयाका आदित्यराज तथा बीरगञ्जका नन्दनी कलवार प्रथम (नतिजासहित)

बीरगञ्ज, असोज १,

बीरगञ्ज महानगरपालिकाले बीरगञ्जका संस्थागत माध्यमिक विद्यालयहरुमा पूर्ण निशुल्क छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गर्न परीक्षा दिएका विद्यार्थीहरुको नतिजा आज शुक्रबार प्रकाशन गरेको छ ।

सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अध्ययन गरी एसइइ उत्तिण गरेका विद्यार्थीहरुलाई विभिन्न वर्ग जस्तै जेहन्दार, विपन्न, जनजाति, दलित तथा अपाङ्ग मा महिला तथा पुरुष छुट्टा छुट्टै वर्गिकृत गरी छात्रवृत्ति वितरण गरिएको शैक्षिक प्रशासन महाशाखाका अरविन्दलाल कर्णले जनाएका छन ।

भदौ ३० गते बसेको छनोट समितिको सिफारिश बमोजिम प्राप्त प्राप्ताङ्कको आधारमा योग्यताक्रम बमोजिम मुख्य सूचि तथा वैकल्पिक सूचि प्रकाशन गरिएको छ ।

सामुदायिकतर्फ जेहेन्दार उत्तिर्ण पुरुषहरुमा ४४ जनाले तथा महिलाहरुतर्फ ४३ जना रहेका छन् । सिम्बोल नं. ७८००३५ का कलैया निवासी आदित्यराज साह, सिम्बोल नं. ७८००४३ का पोखरिया निवासी रामलखन साह तेली तथा सिम्बोल नं. ७८००८७ का प्रसौनी निवासी रवि साह क्रमशः प्रथम, द्वितृय तथा तृतिय हुन सफल भएका छन् ।

त्यसैगरी सामुदायिकतर्फ नै महिलातर्फ सिम्बोल नं. ७८०१५१ का बीरगञ्ज १० निवासी नन्दनी कलवार, सिम्बोल नं. ७८०२९० का पटेर्वासुगौली ५ निवासी रोशनी कुमारी गुप्ता तथा सिम्बोल नं. ७८०४२९ का विन्दवासिनी १ निवासी सुधा कुमारी साह क्रमशः प्रथम, द्वितृय तथा तृतिय हुन सफल भएका छन् ।

संस्थागततर्फ जेहेन्दार उत्तिर्ण पुरुषहरुमा ४६ जनाले तथा महिलाहरुतर्फ ४५ जना रहेका छन् । सिम्बोल नं. ७८०४३६ का दर्गाभगवती निवासी हर्ष ठाकुर सिम्बोल नं. ७८०३४० का बीरगञ्ज ४ निवासी निरज गुप्ता, तथा सिम्बोल नं. ७८०१०२ का प्रसौनी १ निवासी चन्द्रप्रकाश साह क्रमशः प्रथम, द्वितृय तथा तृतिय हुन सफल भएका छन् ।

त्यसैगरी संस्थागततर्फ नै महिलातर्फ सिम्बोल नं. ७८०३०४ का बीरगञ्ज २२ निवासी नन्दनी साह, सिम्बोल नं. ७८०५५७ का पर्सागढि ६ निवासी रितिका यादव तथा सिम्बोल नं. ७८०३४६ का विश्रामपुर १ निवासी कोमल चौरसिया क्रमशः प्रथम, द्वितृय तथा तृतिय हुन सफल भएका छन् ।

अध्ययनका लागि सिफारिश गरिएका विद्यालयको पत्र असोज १२ गते देखि वितरण गरिने जनाइएको छ ।

 

पूर्ण परीक्षाफल यहाँबाट डाउनलोड गर्न सकिन्छ 

Scholarship Result 09-17-2021 14.48

Leave a Reply