You are currently viewing दुध किन्न गएका पटेलको खुट्टा प्रहरीले भाँचिदियो

दुध किन्न गएका पटेलको खुट्टा प्रहरीले भाँचिदियो

बीरगञ्ज, बैशाख ५, सोमवार,

बैशाख ४ गते आइतवारका दिन करिब साढे ७ बजे बीरगञ्ज महानगरपालिका–१६ निवासी नागेन्द्र पटेल आफ्ना नातीनीका लागि दुध किन्न बाहिर निस्केको निहुँमा पर्सा प्रहरीका एक टोलीले उनको खुट्टा भाँचिदिएका छन् ।
बसपार्क एरियामा होटल व्यवसाय गर्दै आफ्नो परिवारको गुजारा चलाइरहेका ६७ वर्षिय पटेललाई कुटपिट गर्नुका साथै उनको दाहिने खुट्टा प्रहरीले भाँचेको हो ।

दुध किन्न निस्केका पटेललाई प्रहरीले पहिला घर फर्किन भन्यो र फर्किसकेपछि पछाडिबाट लठ्ठीले प्रहार गरेको हो । चोट लागेकाले हिड्नै नसकेपछि आसपासका मानिसहरुले उनलाई कोठा सम्म पुर्याएका थिए । पछि उनका छोराले नजिकैको नेश्नल मेडिकल कलेजमा उपचारको लागि लगेका थिए । एक्स-रे मा हड्डी भाँचेको देखेपछि डाक्टरले उनको खुट्टामा प्लास्टर गरेका छन् ।

उता बसपार्क एरियाका अस्थाई प्रहरी चौकि प्रमुख सइ बिजय शाहीले बसपार्कका जवानले नभई घुम्ती टाइगर टोलीले गरेको हुनसक्ने बताएका छन् ।

पुरै देश करिब २ महिना देखि लकडाउनमा रहेको तथा पर्सा जिल्लमा ३१ गते देखि नै निषेधाग्या लागेकोले यहाँको जनजीवन नराम्रो तरिकाले प्रभावित भएको छ । अत्यावश्यक काम बाहेक मानिसहरु घरमै छन् । घरमा जनतालाई थुन्ने तर चेकजाँच तीव्र नगर्नाले बीरगञ्जवासीहरु निकै आक्रोशित छन् ।

एउटा वृद्धमाथि पर्सा प्रहरीले गरेको यस्तो अमानविय अपराधलाई लिएर दोषि प्रहरीको विरुद्ध कडा कारवाहिको माग गर्दै सामाजिक सञ्जालमा समेत निकै आलोचना भइरहेको छ ।

Leave a Reply