You are currently viewing खुसीको खबर: मुसामाथि कोरोना औषधिको पहिलो परीक्षण सफल, भ्याक्सिनको नाम पिट्कोवैक

खुसीको खबर: मुसामाथि कोरोना औषधिको पहिलो परीक्षण सफल, भ्याक्सिनको नाम पिट्कोवैक

बीरगंज, अप्रिल ४,

कोरोनाले मानिसहरुलाई संक्रमित तथा मृत्यु शैया सम्म पुर्याइरहेको दिक्कलाग्दो समाचारको बीच एउटा सुखद समाचार हाम्रो सामु आएको छ । त्यो हो विश्वले पायो कोरोनाको संजीवनी बुटी ।

अमेरीकामा एउटा युनिभर्सिटीले दावा गरिरहेको छ कि त्यसले कोरोना भाइरस अर्थात कोभिड–१९ को भ्याक्सिनको खोज गरिसकेको छ । यो भ्याक्सिनको प्रयोग पहिला मूसामाथि गरियो र त्यो प्रयोग सफल भएको छ । कोरोना भाइरसमाथि गरिएको यो क्लीनिकल परीक्षण सफल भएकोले विश्वका मानिसहरु ठूलो राहत पाएका छन् । यो सफल परीक्षणले निराश बन्दै गएका मानिसहरुमा आशाको किरण जगाएको छ कि अब कोरोना भाइरसबाट हुने मृत्युलाई रोक्न सकिने छ र अहिलेको अवस्थालाई सुधार्न सकिनेछ ।

रिसर्चको लागि सन् १७८७ मा अमेरिकामा स्थापना गरिएको युनिभसिटि अफ पिट्सवर्ग (University of Pittsburgh) को रिपोर्टमा यो परीक्षण सफल भएको दावा गरिएको छ । अप्रिल २ मा यो रिपोर्टलाई ब्रिटिश मेडिकल जर्नल, इबायो मेडिसिन (EBioMedicine) मा छापिएको छ । जसमा भनिएको छ कि भ्याक्सिन दिएको दुई हप्तामा मुसामा सकरात्मक असर देखियो र मुसा ठिक भयो ।

अब यो परीक्षण मानिसमा गर्न US: FDA (Food and Drug Administration) सँग  अनुमति मागिनेछ । यसको विशेषता के हो भने यो इन्जेक्सन होइन, यसलाई शरीरमा टाँसिने छ । यसको आकार औलामा राखिने जति ठूलो छ । यसलाई कोठाको सामान्य तापक्रममा राख्न सकिनेछ । तर यसलाई कतै ओसारपोसार गर्न भने रेफ्रिजरेट गर्न आवश्यक हुन्छ । यो भ्याक्सिनको नाम पिट्कोवैक (PittCoVacc) दिइएको छ ।

रिर्पोटमा यो पनि भनिएको छ कि यसको उत्पादन ठूलो संख्यामा पनि गर्न सकिनेछ । आशा गरिंदैछ कि यसको परीक्षणको अनुमति छिटै दिइनेछ किनकी केहिदिन अगाडि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भ्याक्सिनको क्लिनिकल परीक्षण पहिलो चरण शुरु गरिएको र यो विश्वको इतिहासमा सबैभन्दा छिटै बनाइने भ्याक्सिन हुनेछ भनेर जानकारी दिइसकेका छन् ।

मानव शरीरमा हुने परीक्षण अलि जटिल र समय लाग्ने हुनाले यो औषधी बजारमा आउन केहि महिना भने कुर्नुपर्ने रिपोर्टमा भनिएको छ ।

कोरोनाको संक्रमित बिरामीमा मलेरियाको औषधि:

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाको संक्रमित बिरामीमा मलेरियाको उपचारमा प्रयोग गरिने औषधि पनि उपयोगी प्रमाणित भइरहेको कुरा बताएका छन् ।

लामखुट्टेको टोकाइबाट हुने रोगको उपचारमा भाइरसको उपचार भइरहेको छ ।

मलेरियाको उपचारमा प्रयोग गरिने हाइड्रोक्साइक्लोरोक्वीन लाई कोरोनाको उपचारमा प्रभावकारी देखापरिरहेको छ ।

अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेशनले अन्य उपचार विधिका साथै यो औषधिको प्रयोगलाई पहिला नै अनुमति दिइसकेको छ ।

विश्वका अन्य राष्ट्रका वैज्ञानिकहरुका साथै अष्ट्रेलियाका वैज्ञानिकहरुले पनि यसको औषधि पत्ता लगाउनमा लागि परेका छन् ।

Source: The Daily Item

Leave a Reply