बीरगंज इन्स्टिच्युट आफ टेक्नोलोजी (बिआईटी) इन्जिनियरींग कलेजको आयोजनामा बुधबार नव आगन्तुक विद्यार्थीहरुको स्वागत तथा पढाई पूरा गरी इन्जीनियर भएका विद्यार्थीहरुका लागि बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
कलेजका संचालक नन्दकिशोर श्रीवास्तवको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी प्रदेश नम्बर २ का भौतिक पुर्वाधार तथा बिकास मन्त्री जितेन्द्र सोनलले प्राबिधिक शिक्षा नै आजको आवस्यकता औल्याउँदै प्रदेश सरकार रोजगारमा आधारित प्राबिधीक शिक्षामा लगानी गर्न आफूहरु तयार रहेको धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, संचालक नवल सिँह, प्याब्सनका अध्यक्ष डाक्टर हरिशंकर प्रसाद साह, नेपाल बार एसोशिएशनका केन्द्रीय उपाध्यक्ष रामचन्द्र सिँह, विश्वम्भर कुमार शर्मा लगायतले शु्भकामना मनतव्य ब्यक्त गरेका थिए ।
उक्त अवसरमा अर्का निर्देशक रामकुमार शर्मा, लगायत अन्य शिक्षकहरु, स्थानीय नेता तथा विद्यार्थीहरुको उल्लेखिय सहभागिता थियो ।
कलेजका संस्थापक एवम् प्रबन्ध निर्देशक रामबाबु प्रसाद साहले कलेजको प्रगति बिवरण बारे प्रकाश पार्नुका साथै इन्जीनियर भएका विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना तथा नव आगन्तुकहरुको स्वागत गरेका थिए । कार्यक्रममा इलेक्ट्रिकल बिभाग प्रमुख इन्जिनियर राघिब हुसैनले स्वागत मन्तव्य राखेका थिए ।