You are currently viewing वृद्धको भत्ता रकम चोरी गर्ने दुई जना पक्राउ

वृद्धको भत्ता रकम चोरी गर्ने दुई जना पक्राउ

भाद्र २२, रामेछाप,

रामेछापमा वृद्ध भत्ता चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

रामेछापको सुनापति गाउँपालिका–२ दिमिपोखरीमा ७५ वर्षीय इमानसिं तामाङको घर फोडी वृद्ध भत्ताबापतको रु. ९६ हजार चोरी गरी फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार चोरीको घटनापछि विभिन्न विधि तथा प्रविधिको प्रयोग गरी अनुसन्धान गर्ने क्रममा चोरी भएको रकमसहित दुई जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सुनापति गाउँपालिका–२ नयाँ पानी ट्याङ्की टोलका ३४ वर्षीय आकाश लामासोही स्थानका १९ वर्षीय सन्दिप तामाङ रहेका छन्।

प्रहरीले उनीहरूलाई चोरीको रकमसहित पक्राउ गरी चोरीसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेका दुवै जनालाई रामेछाप जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

Leave a Reply