You are currently viewing बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा १५ लाख १ हजार १०१ रुपैयाँ सहयोग

बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा १५ लाख १ हजार १०१ रुपैयाँ सहयोग

भाद्र १५, वीरगञ्ज,

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवाको स्याफ्रुबेँसी, टिमुरे, नुवाकोट, गोरखा लगायतका विभिन्न बस्ती तथा बजार क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आर्थिक सहयोग गरेको छ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढीबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रु. १५,०१,१०१ (पन्ध्र लाख एक हजार एकसय एक रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको हो। सङ्घका अध्यक्ष हरिप्रसाद गौतमद्वारा जारी विज्ञप्तिमा प्राकृतिक विपद्को यस दुःखद् घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सहयोग उपलब्ध गराइएको उल्लेख छ।

विज्ञप्तिमा विपद्का कारण प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग उपलब्ध गराउनु सामाजिक उत्तरदायित्वअन्तर्गतको दायित्व भएको जनाउँदै आगामी दिनमा पनि मानवीय तथा सामाजिक कार्यमा निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

Leave a Reply