You are currently viewing कलैयामा खसीको मासुको मूल्य रु. १०५० निर्धारण, तोकिएको दरभन्दा बढी लिए कारबाही हुने

कलैयामा खसीको मासुको मूल्य रु. १०५० निर्धारण, तोकिएको दरभन्दा बढी लिए कारबाही हुने

भाद्र १५, कलैया, बारा,

कलैया उपमहानगरपालिकाले खसीको मासुको मूल्य निर्धारण गर्दै तोकिएको दरभन्दा बढी मूल्यमा बिक्री नगर्न व्यवसायीहरूलाई सचेत गराएको छ। उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखाले जारी गरेको सूचनाअनुसार बारा उद्योग वाणिज्य संघको पत्र तथा बारा उद्योग वाणिज्य संघ र मासु व्यवसायी संघ बाराबीच भएको छलफलपछि खसीको मासुको मूल्य निर्धारण गरिएको हो।

निर्धारित मूल्यअनुसार छालासहितको खसीको मासु प्रतिकेजी रु. १,०५०छालाविनाको खसीको मासु प्रतिकेजी रु. १,१०० कायम गरिएको छ। उपमहानगरपालिकाले निर्धारित दरभन्दा बढी मूल्यमा मासु बिक्री गरेको पाइएमा प्रचलित नियमअनुसार कारबाही गरिने जनाएको छ।

उपमहानगरपालिकाले सम्बन्धित सबै मासु व्यवसायीलाई निर्धारित मूल्यअनुसार कारोबार गर्न अनुरोध गर्दै उपभोक्ताबाट बढी मूल्य असुली गरेको पाइएमा आवश्यक कारबाही गरिने स्पष्ट पारेको छ।

Leave a Reply